कावासोती । बैक तथा वित्तिय संस्थाहरुले बृद्धि गरेको व्याजदरको नवलपुरका उद्योग वाणिज्य संघहरुले डटेर सामना गर्ने बताएका छन । बैक तथा वित्तीय संस्थाहरुले गरेको चर्को व्याजदर बृद्धिको विरोधमा नवलपुरका उद्योग बाणिज्य संघ आन्दोलीत हुने भएका हुन ।नवलपुर उद्योग बाणिज्य संघको समन्वयमा आज सम्पन्न जिल्लाका उद्योग बाणिज्य संघको सयुक्त बैठकले बैक तथा वित्तीय संस्थाहरुले व्यावसायी तथा उद्योगीहरुको ढाड सेक्ने गरी मनोमानी रुपमा बृद्धि गरेको व्याजदरको सामुहिक रुपमा विरोध गर्ने भएका छन ।
नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालको अध्यक्षतामा आज सम्पन्न बैठकमा सहभागी जिल्लाका अन्य उद्योग बाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारीहरुले संयुत्त रुपमा विरोध गर्ने निर्णय गरेको नवलपुर उद्योग बाणिज्य संघका महासचिव सागर पोख्रेलले बताउनुभयो ।
बैकहरुले कोरना भाईरस ( कोभिड–१९) बाट थला परेको, बृद्धि गरेको चर्को व्याजदरका कारण उद्योग व्यावसाय संचालन गर्न सक्ने अवस्था नरहेको, व्यापारीहरुलाई बैक तथा वित्तिय संस्थाहरुले व्यावसायीलाई विना जानकारी व्याज दर बढाएको भन्दै जिल्लाका ४ बटै उद्योग बाणिज्य संघले बिहिबार विरोध स्वरुप र्याली निकाल्ने र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, अर्थ मन्त्री र गर्भनरलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको महासचिब पोख्रेलले बताउनु भयो ।
साथै बैठकले चाड पर्वको समयमा हुनसक्ने कालाेबजारीलाई नियन्त्रण गर्न सरोकारवालाहरु सगको अनुगमनलाई थप कडाईका साथ लागु गर्न माग गर्ने , लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सिमानाका दाउन्नेमा अखाद्यबस्तु आयात, राजश्व छली गरी सामान ल्याउने , गैह्र व्यापारीद्धारा सामान आयत गर्ने कार्यलाई कडाईका साथ रोक्न उद्योग बाणिज्य संघ सहितको चेकजाँच गर्नुपर्ने, स्थानीय पालिकाहरु सगै जिल्लाका सबै उद्योग बाणिज्य संघ सहितको टोलीले व्यावसाय नविकरण र दर्ता जस्ता राजश्व सम्वन्धि विषयमा छुट तथा मिनाहाका लागी ध्यानकर्षण गराउने निर्णय समेत गरेको महासचिब पोख्रेलले बताउनु भयो ।
बैठकमा नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल, देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष सुर्य प्रसाद दवाडी, मध्यविन्दु उद्योग बाणिज्य संघका अध्यक्ष केदार पराजुली सहित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।