गैंडाकोटको दशै रमाईलो मेला आजदेखी सुरु हुँदै, गैंडाकोट नगरप्रमुख द्वारा उद्घाटन गरिने

गैँडाकोट । नेपालीहरको महानपर्व विजयादशमीको अवसरमा पूर्वि नवलपरासीको गैँडाकोटमा आजदेखी “गैँडाकोट दशै रमाइलो मेला २०७९” सुरु हुने भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित जनक नमुना माविको पछाडि रहेको खाली चौरमा दशै मेलाको आयोजना गरिएको हो ।

प्रभात समाज कल्याण केन्द्र नेपाल गैँडाकोट ५ ले आयोजना गरेको गैँडाकोट दशै रमाइलो मेला २०७९को आज मध्यान्न १२ वजे गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक प्रभात समाज कल्याण केन्द्र नेपालका अध्यक्ष कुल बहादुर थापा मगर (बुद्धी) ले जानकारी दिनुभयो ।असोज ९ गतेदेखि आयोजना गर्ने भनिएको मेला प्राविधिक कठिनाई र मौसमका कारण आजदेखि औपचारिक रुपमा सुरु गर्न लागिएको उहाँले बताउनुभयो ।

मेलामा चाडपर्व लक्षित ५० भन्दा बढि स्टलहर रहेका छन् । अन्य स्थानमा भन्दा मेलामा सुपथ मुल्यमा समानहरु उपभोक्ता तथा दर्शकहरुले खरिद गर्न सक्ने आयोजकले दावी गरेको छ। मेलामा खाना तथा कृषि उत्पादनसँग जोडिएका ब्यवसायीक स्टलहरुसमेत राखिएको छ ।
“गैँडाकोट दशै रमाइलो मेला २०७९” मा हरेक दिन राष्टिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जन दिनेछन् ।

कलाकारहरु प्रमोद खरेल, भिटेन, क्षवाङ लामा, ज्योती मगर, मिलन नेवार, प्रकास सपुत, प्रिती आले, पुस्कल शर्मा , अस्मिता अधिकारी, निशान भट्टराई लगायतका कलाकारहरु गैँडाकोट दशै रमाइलो मेलामा आउने कार्यक्रम तय भएको छ । आजको उद्घाटनको चर्चित कलाकार एलिना चौहानको प्रस्तुती रहने आयोजक प्रभात समाज कल्याण केन्द्र नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search