दसैँ लाग्यो, बजारमा छैन चहलपहल

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

भरतपुर । दसैँ पर्व सुरू भइसक्दा पनि बजारमा चहलपहल देखिएको छैन । सोमबार दसैँको पहिलो दिन घटस्थापनामा पनि नारायणगढका मुख्य बजार क्षेत्र मानिने मिलनरोड, गंगोत्री मार्ग, भृकुटीपथ, पुतलीबजार, कमलनगर, मेनरोडलगायतका ठाउँमा दसैँमा किनमेल गर्न आउनेहरुको चहलपहल निकै कम थियो । न फेन्सी पसलहरुमा भीडभाड थियो, न खाद्य पसलहरुमा मानिसहरुको चहलपहल नै थियो ।

व्यवसायीहरुका अनुसार घटस्थापनाको दिन त्यसमा पनि सार्वजनिक बिदाको दिनमा बजारमा देखिएको सुनसान अवस्थाले व्यापारिक दृष्टिकोणबाट समेत दसैँको शुभ सङ्केत राम्रो मानिएको छैन । कोरोनाको महामारीबाट भर्खर तङ्ग्रिन थालेको बजारमा दसैँको चहलपहल नहुँदा व्यवसायमा निराशा छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...