टिकट वितरणमा शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको भन्दै कांग्रेस भित्रै आन्दोलन

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नेपाली कांग्रेसमा संस्थापनइतर समूहका केही नेताहरूले आन्दोलनको घोषणा गरेका छन्।

टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको विरोधमा शेखर कोइराला र गगन थापानिकट नेताहरूले आन्दोलन घोषणा गरेका हुन्।

आज ठमेलस्थित यात्री होटलमा बसेको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ।

पार्टीभित्र टिकटलगायतमा समान अवसर र दु:ख गरेका कार्यकर्तालाई भूमिका तथा न्याय दिनुपर्ने माग असन्तुष्ट पक्षको छ।

नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, गुरूराज घिमिरे, रामनाथ अधिकारी, भूपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, राजेन्द्र बगजाईं लगायतले छलफल गरी टिकट वितरणमा गुटका आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने भन्दै खबरदारी गर्न लागेका छन्।

असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने उनीहरूको भनाइ छ।

उनीहरूले चियापानका लागि भने शेखर कोइराला र कोइराला पक्षबाट जितेका पदाधिकारीलाई पनि बोलाउने निर्णय गरेका छन्।

‘असोज १४ गतेसम्म पनि समानुपातिक उम्मेदवार सूचीमा संशोधन गरेर शेखर-गगन पक्षका नेताहरूलाई पनि स्थान दिइएन भने बागी पछि प्रत्यक्षमा उम्मेदवारी दिनेलगायत विषयमा छलफल हुन्छ,’ एक नेताले सेतोपाटीसँग भने।

समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर-गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...