नवलपुर, असोज ८ । नवलपुरमा ३ दिवशीय हस्पिटालिटी तथा फुड सम्बन्धी तालीम आज सम्पन्न भएको छ । होमस्टे महासंघ गण्डकी प्रदेश र एन्साव नेपालको सहयोगमा नवलपुरका होमस्टेका प्रतिनिधिले तालिम लिएका हुन् ।
होमस्टेमा आउने पाहुनाको अतिथि सत्कारलाई अझ प्रभावकारी बनाउँदै ब्यवसायिक सफलताका बिषयमा प्रशिक्षित गराउने उदेश्यले तालिम गरिएको हो ।तालिममा १४ वटा होमस्टेका २८जना महिलाको प्रतिनिधित्व रहेको थियो । कावासोती १० स्थित चिलाहा रतवल सामुदायिक होमस्टेमा चलेको तालिममा सौगात पोखरेल, सुमन लम्साल, राजु अधिकारी र सुधन लम्सालले सहभागीलाई विषयबस्तुमा सहजीकरण गर्नुभएको थियो ।
प्रमुख अतिथिका रुपमा रहनुभएका होमस्टे महासंघका केन्द्रिय अध्यक्ष प्रेमशंकर मर्दनीया थारुले होमस्टेप्रति पाहुनाहरुको आकर्षण बढ्दै जाँदा ग्रामीण क्षेत्रका स्थानीयको दैनिकीमा परिवर्तन देखिएकोले होमस्टेले ब्यवसायिक रुप लिएको बताउनुभयो । होमस्टे महासंघका नवलपुर अध्यक्ष रीमबहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका गण्डकी प्रदेश अध्यक्ष धनीराम गुरौको उपस्थिति रहेको थियो ।