देवचुली । देवचुली नगरपालिकाका नगरप्रमुखले बालेन शाहको शैली अपनाउदै ३५ दिन भित्र अनाधिकृत संरचना हटाउन निर्देशन जारि गरेका छन् । नगरप्रमुख हरि प्रसाद न्यौपानेले दलदले – मुण्डे सडक खण्ड अन्तर्गत सडक अधिकार क्षेत्र भित्र रहेका संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएका हुन ।
यसो त काठमाण्डौ महानगरपालिकाका मेयर शाहले गरेको शैली हुबहु कपि गर्न खोजिएको भन्दा फरक नपर्ला तर कार्यान्वयन कत्तिको हुन्छ भन्नेकुरामा अन्योल रहेको स्थानीय बताउछन । दलदले – कुमसोत सडक विस्तार गर्न लागिएकोले सडक क्षेत्रमा पर्ने त्यस्ता संरचनाहरु ३५ दिन भित्र हटाउन नगर प्रमुख न्यौपानेले आग्रह गरेका छन्। कार्तिक १२ गतेसम्म सडकको क्षेत्र भित्र पर्ने संरचना हटाई जग्गा खाली गर्न नगर प्रमुख न्यौपानेले सार्वजनिक सूचना समेत जारी गरेका छन् ।
न्यौपाने द्वारा जारि निर्देशनमा जिल्ला स्तरीय सडकको रुपमा रहेको उक्त सडकको मापदण्ड बमोजिम केन्द्रदेखि दायाँ बायाँ १०/१० मिटर सम्मका संरचना हटाउन भनिएको छ । तोकिएको समयमा त्यस्ता किसिमका संरचना हटाउन अटेरी गर्ने घर जग्गा धनीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुन वमोजिम कारवाही प्रक्रिया अघि बढाइने सोहि निर्देशनमा उल्लेख गरिएको छ ।
काम गर्नेछौ भन्नुमा र मैदानमा नै उत्रीएर काम गरेरै देखाउनुमा धेरै नै फरक पर्छ । नगरप्रमुख न्यौपानेलाइ त्यत्ति सजिलो भने छैन तर उनले काम गर्छन भने हामि सहयोग गर्न तयार छौ स्थानीय राम प्रसाद पंगिनी बताउछन । बितेका १०० दिन जस्तै हो भने हामीले उहाँ बाट पनि त्यत्ति ठुलो आसा पाल्नु बेकार हो उनि बताउछन ।