भरतपुर महानगर क्षेत्रमा अब्यवस्थित फुटपाथ व्यसाय बढ्दो

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

बिनिता कंडेल, असोज ०९ भरतपुर
भरतपुर महानगर क्षेत्रमा अब्यवस्थित फुटपाथ व्यसाय बढ्दै गएको छ । महानगरले उचित व्यवस्थापन गर्न नसक्दा शहरका मुख्य मुख्य ठाउँमा व्यवसायीहरुले अब्यबस्थित रुपमा व्यापार गर्ने गरेका छन्। जसकारण चितवनकै मुख्य शहर नारायणगढ क्षेत्र कुरुप बन्दै गएको छ।फुटपात व्यवसाय व्यवस्थापनका लागि पटकपटक आवाज उठेपछि केही समय पहिला महानगरले फुटपाथमा व्यापार गर्न प्रतिबन्ध लगाए थियो । तर त्यो प्रतिबन्ध कार्यान्वयनमा महानगर चुक्दा यो समस्या ज्युँका त्युँ रहेको छ ।

त्यति मात्र नभइ महानगरले मुख्य बजार क्षेत्रमा अवरोध गरेपछि चौविसकोठि, बसपार्क, लगाएका क्षेत्रमा बाकि रहेका खालि ठाँउमा टहरा बनाएर तथा त्रिपाल टाँगेरै फुटपात ब्यवसायिले ब्यापार सुरु गरेका छन । केही व्यवसायीले अटेरि र मनपरि रुपमा व्यापार गरेपनि कतिपयलाई भने दिनभर व्यापार गरेर छाक टार्नुपर्ने बाध्यता छ।तर अझै पनि महानगरले फुटपात व्यवसाय लाई अनुमति नदिएको भन्न छाडेको छैन ।

भरतपुर महानगर पालिकाका सुचना अघिकारी मेनुका पण्डित भन्छिन्,”महानगरबाट फुटपाथका ब्यपारिहरुलाई फुटपाथको कुनै पनि क्षेत्रमा ब्यपार गर्ने अनुमति दिइएको छैन “। उनिहरु खाली भएको ठाउँमा मन परि आफै टहरो जस्तो बनाएर ब्यपार गरेका हुन् उनी भन्छिन् ।

नारायणगढको मुख्य बजार क्षेत्र शहिदचोकमा डोकोमा फलफुल बेच्ने कमला अघिकारी भन्छिन् ,” नगर प्रहरि आएको थाहा पाउन साथ सामान बोकेर हिड्छु “। उनिहरु गएको मौका हेरेर ब्यपार गर्नु पर्छ । बालबच्चा पाल्नै परे के गर्ने देखे भनी लखेट्छन् उनी भन्छिन् ।महानगरले ब्यपार गर्नकोलागि एउटा ठाउँ नछुट्याई दिएको कारण यसरी नै लुकेर ब्यपार गर्ने क्रम निरन्तर चलिरहेको छ भन्दै गुनासो गरिन्।

त्यस्तै चौबीसकोटि नजिक पाल टागेर बसेका एक चप्पल ब्यपारि भन्छन् , पहिला पुलचोकको फुटपाथमा ब्यपार गर्थे ।उता बस्न दिएनन् । यहाँ सफा गरेर बसेको दुई महिना जती भयो । अहिले सम्म त क‍ोही आएर केही भनेको छैनन् कुन दिन आएर लखेट्ने हुन थाहा छन् भन्दै मलिलो अनुहार बनाए ।

त्यस्तै टर्मिनल बसपार्क छेउमा कपडा ब्यपार गर्ने शोभा पौडेल भन्छिन् , शहिदचोकमा ब्यपार गर्दा सधै नगर प्रहरी आएर दिनभरि लखेट्थे अनि साँझमा सरसफाइको नाममा मन पनि पैसा उठाउथे । बोल्न सक्नेले पैसा दिन्थेनन् नसक्नेले चाहिँ दिन्थे ।शहिदचोकबाट हटाए पछि हामी सबै फुटपाथका ब्यपारि मिलेर आन्दोलन गरेको थियौ । त्यसको केही दिन पछि इनिस्पेक्टरले टर्मिनल बसपार्कको ठाउँ खालि छ म कुरा राख्दिन्छु भने । त्यस लगत्तै हामीले बसपार्कको ठेकदारसँग कुरा राख्यौं ।

ठेकदारको अनुमति पाए पछि हामी ११ जना ब्यपारीहरुले एउटा समिति बनायौ । प्रतेक ब्यक्तिले एघार / एघार सय रुपैया उठाएर खाल्डाखुल्डी भएको ठाउँमा माटो हालेर पुर्यौ ।बाँस र तिर्पाल हालेर यो ब्यपार गर्ने ठाउँ बनाएका है । यहाँ ब्यबार गर्न लागेको पाँच / छ महिना जति भयो ।यहाँ हामीले कसैलाई कुनै शुल्क तिर्नु परेको छैन। आफ्नो वरिपरि भएको फोहोर हामी आफै मिलेर सफा गर्छौ। कताबाट आएर लखेट्ने हुन भन्दै पहिलो जस्तै ग्रहाकमा भन्दा बढि बाटो तिर हेरेर बस्नु परेको छैन ।

यता ,नगर प्रहरीले भने महानगरले नै फुटपाथमा ब्यपार गर्न रोक लगाएको कारण आफुहरुले लखेट्ने गरेको बताउछन् । महानगरबाट जे निर्देश आयो त्यही पालना गर्ने हो उनि भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...