राष्ट्रपतिले गरिनन् नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्। संघीय संसद्का दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि पेस भएको विधेयक राष्ट्रपतिले १५ दिनसम्म होल्ड गरे पनि प्रमाणीकरण गर्न भने अस्वीकार गरेकी छन्।

संविधानको धारा ११३ को व्यवस्थाअनुसार विधेयक प्रमाणीकरणका लागि १५ दिनको समय कटिसक्दा पनि राष्ट्रपति भण्डारी विधेयक प्रमाणीकरण नगरी ‘मौन’ बसेकी छन्।

नागरिकता विधेयक पहिलोपटक प्रमाणीकरणका लागि पेस हुँदा राष्ट्रपति भण्डारीले सन्देशसहित (पुनर्विचारका लागि) फिर्ता पठाएकी थिइन्। तर, राष्ट्रपतिको सन्देशअनुसार विधेयकमा कुनै परिमार्जन भएन।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै विधेयक पारित भएर पुन: प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पेस भएको थियो। विधेयक दोस्रोपटक भदौ २० गते प्रमाणीकरणका लागि आएपनि राष्ट्रपति भण्डारीले १५ दिनसम्म होल्ड गरेर राखेकी थिइन्।

संविधानअनुसार १५ दिनको समय मंगलबार राति १२ बजे सकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search