लघुवित्त कर्मचारी मिलन केन्द्रकाे संस्थागत विकासमा संञ्चार कला सम्बन्धि एक दिने गाेस्ठि कार्यक्रम सम्पन्न

तिर्थराज काफ्ले, कावासाेती ।
लघुवित्त कर्मचारी मिलन केन्द्रले बिजया दशमी तथा शुभ दिपावली एवम् छठ पर्वकाे अवसरमा शुभकामना आदान प्रदान तथा संस्थागत विकासमा संञ्चार कला सम्बन्धि एक दिने गाेस्ठी कार्यक्रम सम्पन्न भएकाे छ ।
संस्थाका अध्यक्ष युवराज गाैतमकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन भि सि का संयाेजक के.वि भुर्तेलकाे प्रमुख अतिथी रहनु भएकाे थियाे ।

प्रमुख प्रशिक्षक एवम् प्रमुख अतिथि समेत रहनु भएका भुर्तेलले संथागत विकासमा अहिन्सात्मक सञ्चारले संस्था विकासमामा महत्त्वपुर्ण भुमिका खेलेकाे हुदा यस तालिमले कार्यालय व्यवस्थापनमा सहजिकरण हुने समेत बताउनु भएकाे छ ।

हिन्दुहरुकाे महान पर्व विजय दशमी , शुभ दिपावल तथा छठ पर्वकाे अवसरमा आयाेजित कार्यक्रममा तालिम सगै शुभकामना आदान प्रदान कार्यत्रम सम्पन्न गरेकाे हाे ।

नवलपुर क्षेत्र भित्र रहेका लघुवित्तहरुकाे शाखा प्रमुख एवम् प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियाे । कार्यक्रम साहारा पार्टी प्यालेस दलदलेमा संञ्चालन कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव बाबुराम श्रेष्ठले गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search