देवचुलीमा महेन्द्र राजमार्गको खाल्डाखुल्डी सडक मर्मत कार्य सुरु :

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

रजहर । देवचुलीका नगर प्रमुखको पहलमा पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत देवचुली खण्डमा बिग्रिएको सडक मर्मत सुरु भएको छ । देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले नारायणगढ – बुटवल सडक निर्माण आयोजनाका प्रतिनिधिहरुसँग पटक पटक बैठक बसी सडक मर्मतको काम अघि बढाउन पहल गर्नुभएको हो।देवचुली खण्डमा आवागमन सहज गर्नका लागि दुई चरणमा मर्मत गरिने निर्माण कम्पनी जानकारी दिएको छ। पहिला चरणमा खाल्डा पुरिने र दोस्रो चरणमा सडक कालोपत्रे गरिने भएको हो।

नारायणगढ – बुटवल सडकखण्डमा पानी पर्नासाथ हिलो र घाम लाग्नासाथ धुलो उड्नुका साथै सानादेखि ठुला खाडलहरु दुर्घटनाको कारण बनेकाले नगरपालिकाले आयोजना निर्माण कम्पनीसँग विभिन्न चरणमा छलफल गरि सडक मर्मत गर्न लगाएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । सडकखण्डको स्तरोन्नतिको क्रममा बिग्रिएका सडकका कारण दैनिक सवारी दुर्घटना बढिरहेको, यात्रुहरुलाई सास्ती भैरहेकोले खाल्डाहरु पुरी कालोपत्रे गरि व्यवस्थित बनाउन निर्माण कम्पनीका प्रतिनिधिसँग मौखिक सहमति गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

सोमबार लोकाहा पूलबाट पूर्वतर्फ मर्मतको काम सुरु गरेको निर्माण कम्पनीलाई स्थानीयले धूलोमुक्त बनाई काम गर्न र खाल्डामा माटो मात्र राखेर मर्मत नगर्न भन्दै अवरोध गरेका थिए। देवचुलीका नगर प्रमुख न्यौपानेले स्थानीयसँग छलफल गरि मर्मतको काम अघि बढेको हो । निर्माण कम्पनीले निरन्तर बाटोमा पानी राख्ने , पहिलो चरणमा खाल्डा पुर्ने गरि काम सुरु गर्ने र तत्काल नै खाल्डा भएका सडकहरुलाई कालोपत्रे गर्ने सहमति भएको नगर प्रमुखले जानकारी भएपछि अवरोध हटेको स्थानीय होमनाथ जैसीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...