एनआरएनए एनसिसी कतारका बरिष्ठ उपाध्यक्ष द्वारा ट्रफी हस्तान्तरण

दोहा। कतारमा रहेर श्रम गरिरहेका नेपालीहरूको फुटबल खेल प्रतिको रूचिलाई शशक्त अभिवृद्धि गर्न २०११ मा स्थापना भएको सीएफसी (cfc) फुटबल क्लबले सेप्टेम्बर २ देखी अक्टूबर १४ सम्म झण्डै ढेड महिना हप्ताको शुक्रवार म्याच हुने गरी विश्वकप फुटबल लाई उत्साहजनक बनाउन नेपालीहरू माझ नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

कतारको मिसाइद स्थित माईक स्पोर्ट्स स्टेडियममा प्रमुख अथिति एनआरएनए एनसिसी कतारका अध्यक्ष सुरेश भट्टले फुटबल हस्तान्तरण गरेर भव्यताका साथ खेलको समुद्घाटन गरेका थिए ।

रोजगारीको शिलसिलामा कतारको विभिन्न स्थानमा छरियर रहेका प्रतिभावान नेपाली खेलाडीहरूले आफ्नो फुटबल खेलप्रतीको प्रेम जगाई राख्न खोलिएका क्लबहरू मध्य सक्रिय १५ वटा क्लबहरूको सहभागितामा गत शुक्रवार भएको खेलमा Nfc club vs Rising star विच कडा प्रतिस्पर्धा भएको थियो l उक्त खेलमा rising star ले १ का विरुद्ध २ गोल गरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ। rising star बाट म्यान अफ द म्याच भएका मदन राईलाई एनआरएनए एनसिसी कतारका बरिष्ठ उपाध्यक्ष सुनिल घिमिरेले ट्रफी हस्तान्तरण गर्नू भएको छ ।

प्रथम पुरस्कार झण्डै २ लाख नगद नेपाली (कतारी रियाल ५५५५) धनराशि र दोस्रो डेढ लाख नेपाली (कतारी रियाल ३३३३) नगद पुरस्कार रहेको छ। आयोजक टिम सिएफसीका अध्यक्ष देवनारायण चौधरीले आगामी शुक्रबार देखी क्वार्टरफाइनल खेल सुरू हुने बताए। पहिलो नगद पुरस्कारका स्पोन्सर सफल ब्यबसायी तथा एनआरएनए एनसिसी कतारका खेल संयोजक राजाराम बनिया हुन्।

सहभागी टिमहरू यस्तो छन्

१)नेपाल कतार पुलिस क्लब
२)रेड्को फुटबल क्लब
३)नाईन स्टार
४)युनाइटेड युथ क्लब
५)बर्वा फुटबल क्लब
६)न्यु स्टार फुटबल क्लब
७)ह्यापिज-ब्रो
८)थ्रीसिसी
९)गोरखा गाईज
१०)पेट्रो फुटबल क्लब
११)A. B क्लब
१२)एन. ए फुटबल क्लब
१३)राईजिङ स्टार
१४)सिएफसी-ब्लु
१५)सिएफसी-रेड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search