गैंडाकोटमा सिटि बस दुर्घटना

नवलपुर । गैंडाकोटमा यात्रु बोकेर जाँदै गरेको सिटि बस दुर्घटना भएको छ । पूर्व पश्चिम राजमार्गको गैंडाकोट ४ स्थित टाइम फर्मास्युटिकल्स नजिक गैंडाकोट ५ तर्फ बस दुर्घटना भएको हो । नारायणगढबाट कावासोती जाँदै गरेको ना ७ ख १७७ नम्बरको सिटी बस अनियन्त्रित भइ सडक किनारमा पल्टिएको हो । यात्रुहरुलाई सामान्य चोट बाहेका ठूलो क्षति नभएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search