कावासोती । नवलपुरको कावासोतीमा राष्ट्रिय नृत्य प्रतियोगिता हुने भएको छ । जिल्लाको कावासोती नगरपालिका २ स्थित डायमण्ड डान्स स्टुडियोले शुक्रबार आयोजित एक पत्रकार सम्मेलन मार्फत आगामी असोज २४ गतेदखि नवलपुरमा राष्टिय स्तरको नृत्य प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा विजेतालाई रु एक लाख , फस्ट रनर अपलाई ५० हजार , सेकेन्ड रनर अपलाई २५ हजार , थर्ड रनर अपलाई १२ हजार ५०० र फोर्थ रनर अपलाई ६ हजार २५० को पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । विभिन्न स्थानमा लुकेर रहेको प्रतिभाको प्रस्फुटन गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको डायमण्ड डान्स स्टुडियो कावासोतीका संयोजक संयोजक सुजन परियारले बताउनु भयो । प्रतियोगितामा नेपाल र भारतका डान्सरहरुले निर्णयक भुमिका निभाउने छन् । रािष्ट्रय स्तरको डान्स प्रतियोगितामा देशभरैबाट इच्छुकहरुले सहभागि जनाउन पाउने छन् । नृत्यमा सहभाग िहुनका लागि दुइ सय रुपैँयाको शुल्क लाग्नेछ । नृत्यबाट देशलाई चिनाउने र लुकेर बसेका प्रतिभालाई थप उत्कृष्ट गराउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।