देवचुली । बाल दिवसको अबसरमा निर्वाचन प्रक्रियाको ज्ञान दिदै अमर बाल क्लबको निर्वाचन सम्पन्न भएको छ । ५८ औं रास्ट्रीय बाल दिवसरको अवसरमा देवचुली-१६, रजहरको अमर इङ्गलिस स्कुल ले प्रजातान्त्रिक निर्वाचन प्रकृयाद्वारा अमर बाल क्लब को निर्वाचन सम्पन्न गरेको हो। 
बिद्यार्थीहरुलाई प्रजातान्त्रिक निर्वाचन प्रक्रिया बारे प्रयोगात्मक तरिकाले बुझाउन, निर्वाचनको लागि उपयुुक्त एवं दुरदर्शि भिजन, योजना र एजेन्डा निर्माण गर्न साथै सहि नेतृत्व चयन गर्न सक्षम बनाउनका लागि यस किसिमको कार्यक्रमको आयोजना गरिएको बिधालयका प्रीन्सिपल पदम बरालले बताउनु भयो। 
बुधबार बिहान १० बजे देखि सुरु गरिएको कार्यक्रममा बिधार्थिहरुलाइ उम्मेदवारी दर्ता गराउने, उम्मेदवारी फिर्ता लिने, चुनाव चिन्ह छनोट गर्ने, एजेण्डा सहित ककस र प्रचार प्रसार गर्ने र मौन अबधी पछि सहि ब्यत्ती छनोट गरि भोट हाल्ने जस्ता सबै प्रक्रिया पूरा गरि निर्वाचन सम्पन्न गरिएको छ। कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरु सहभागी भएको निर्वाचनमा अध्यक्ष पदका लागि ६ जना, उपाध्यक्षमा ४ जना, सचिवमा ४ जना, सहसचिवमा ४ जना, कोसाध्यक्षमा ५ जना, कक्षा ६ को प्रतिनिधिमा ६ जना, कक्षा ७ को प्रतिनिधिमा ३ जना, कक्षा ८ को प्रतिनिधिमा ६ जना र कक्षा ९ को प्रतिनिधिमा २ जना गरि जम्म ४० जनाको उम्मेदवारी रहेको थियो। 
साझ ४ बजे सम्ममा बिद्यार्थीहरुको उत्साहजनक सहभागितामा निर्वाचन प्रक्रिया सभ्य रुपले सम्पन्न भएको र जम्मा मतदाता संख्या १५४ मध्य १४६ भोट खसेको आन्तरिक निर्वाचन अधिकृत द्रौपदी बरालले बताउनु भयो । साथै मतपेटिकालाई मुचुल्का उठाएर सुरक्षीतसाथ राखिएको र भोलि बिहान देखि मतगणना हुने सहायक अधिकृत सुरज पोख्रेलले जानकारी दिनुभयो।










