अर्जुन अविरल – नवलपुर, २५ भदौ । लघुबित्त वित्तिय संस्था बिरुद्धको संघर्ष समिति नवलपुरले कावासोतीमा शनिवार बिरोध प्रदर्शन गरेको छ । सामुहिक ऋण मिनाहा सहित पाँच बुदेें माग गर्दै बिरोधमा उत्रिएका प्रर्दशनकारीले फलफूल चोकमा पुगेर कोण सभा गरे ।
कार्यक्रममा लघु बित्त बिरुद्धको संर्घष समिति नेपालका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले लघु बित्तले चक्रीय ब्याज लगाएर महिलाहरुलाई करोडपति नभई रोडपति बनाएको उल्लेख गर्दै लघु बित्त संस्था खारेजीको विकल्प नभएको बताउनुभयो ।
कोरोना जस्तो प्रतिकुल समय पछिको बिषम परिस्थितिबाट गुज्रिएका विपन्न माथि लघु बित्तले चक्रीय ब्याज लिएर चर्काे आर्थिक शोषण गर्दै लघु बित्तले उनीहरुको घरबास उठाएको ज्ञवालीले बताउनुभयो ।
कार्यक्रममा लघु बित्त बिरुद्धको संर्घष समिति नेपालकी उपाध्यक्ष एलीमा खातुनले गाउँका सोझा महिला माथि लघु बित्तको अत्याचार बढदै जाँदा आत्महत्या सम्मको दुर्घटना हुँदै आएको बताउनुभयो ।
कार्यक्रममा लघु बित्त बिरुद्धको संर्घष समिति गण्डकी प्रदेश संयोजक समेत रहेकी नर्बदा शाहले लघु बित्तले गरेको ज्यादती बिरुद्ध आन्दोलन बढ्दै जाने बताउनुभयो ।
कार्यक्रमको संचालन लघु बित्त बिरुद्धको संर्घष समिति नवलपुरका सहसचिव सुर्य बस्नेतले गरेको जनाइएको छ ।