मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता सुरु, ३५ टिम भिडने

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

२५ भाद्र । गैँडाकोटमा शुक्रबारदेखि प्रथम गैँडाकोट मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी गैँडाकोटले आयोजना गरेको प्रतियोगिताको नगरप्रमुख मदनभक्त अधिकारीले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ मदनभण्डारी सेभेन ए साइड नक आउट फुटबल प्रतियोगितामा ३५ टिमले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका सल्लाहकार सदस्य नवराज कडेलले जानकारी दिनुभयो ।

यो गैँडाकोटकै सबैभन्दा ठूलो पुरस्कार राशी भएको फुटबल प्रतियोगिता हो । जसको प्रथम पुरस्कार ट्रफी सहित नगद रु १ लाख ११ हजार १ सय ११ र द्वितीय पुरस्कारमा ट्रफी र नगद रु ५५ हजार ५ सय ५५ रुपैँया रहेको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष नरेश थापाले बताउनुभयो । गैँडाकोटको वडा नं. ६ मा रहेको भाग्योदय आधारभूत विद्यालय नजिकको खेलमैदानमा भएको प्रतियोगिता शुक्रबारदेखि एक हप्तासम्म चल्ने छ ।
प्रतियोगितामा नवलपुर, चितवन, तनहुँ, नवलपरासी र मकवानपुरका फुटबल क्लबहरुले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख मदनभक्त अधिकारीले स्व. मदन भण्डारी राष्ट्रकै सम्पत्ती भएकाले उहाँको स्मृतिमा फुटवल प्रतियोगिताको आयोजना गर्नु सह्रायिन भएको बताउनुभयो ।

समारोहमा जिल्ला खेलकुद महासंघ नवलपुरका अध्यक्ष सेतमान पुनले खेलहरुमध्ये फटबल संसारकै लोकप्रिय खेल भएकाले बलियो हुन र स्वस्थ्य हुन पनि खेल आवश्यक भएको बताउनुभयो ।
उद्घाटन समारोहपछि शुक्रबार दुई टिम बीच प्रतिस्पर्धा गराईएको थियो । जसमा बाते जिल्ला फुटबल क्लब र ढोडेनी फुटबल क्लब थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...