कावासोती । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रद्वारा आज विद्युत कटौती गरिने भएको छ । एक सूचना जारी गर्दै प्राधिकरणले आज शनिवार बिहान साढ़े नौ बजे देखि साँझ पाँच बजे सम्म विद्युत प्रवाह नहुने बताएको हो । प्रगतिनगरदेखि १३-११ केभी सव स्टेशनसम्म आउने ३३ केभी फीडर लाइनको बाटोमा रुखका हाँगा बिंगा काट्नुपर्ने भएकाले कावासोती नगरपालिका , मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ साथै काम अगाडी नै सम्पन्न भएमा विद्युत पनि अगाडि नै सूचारु हुने पनि जनाईएको छ ।
Post Views: 830