स्वावलम्बनको २ दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय अन्तरक्रिया कार्यक्रम सुरु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

तिर्थराज काफ्ले, कावासोती । स्वावलम्बन लघुवित्त वित्तीय संस्था कावासोतीले शाखाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । गोष्ठी तथा वित्तीय अन्तरक्रीया कार्यक्रम आज र भोली सञ्चालन हुने छ । पहिलो दिनको कार्यक्रममा विभिन्न वित्तीय चेजता सम्बिन्धी ज्ञान प्रवाह गराएको थियो ।

कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा सुविधा, कर्जा सदुपयोगिताको महत्व, सदस्यता दोहोरोपनाले पार्ने असर तथा लघुवित्त वित्तीय संस्थाहरुले समाजमा पारेको सकारात्मक तथा नकारात्मक असरहरु, वित्तीय संस्थाको लक्ष्य, बचतको महत्व आदीबारे स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका ईलाका प्रबन्धक कृष्ण खनाल स्पष्ट पारेका थिए ।

त्यसै गरि लघुवित्त वित्तीय संस्थाले महिला सशक्तिकरण तथा गरीवी निवारणमा सहायोग गर्ने, विना धितो कर्जा लागानी गरी स्वरोजगार तथा उद्यमी बन्न प्रोत्साहन गर्ने, बचत गर्ने बानीको विकास गर्ने विषय तथा केन्द्र प्रमुखका काम कर्तब्य तथा अधिकार, केन्द्रको दायित्व, सामुहिक जिम्मेवारी जस्ता विषयमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था कावासोती शाखाका प्रमुख बाबुराम श्रेष्ठले जानकारी गराएका थिए ।

वित्तीय संस्थाले व्यापार तथा व्यवशायीक क्षेत्रमा लगानी गरि महिला सदस्यहरुलाई उद्यमी बनाएको र अझ थप उद्यमी सिर्जना गरि युवा शक्ति विदेश जानबाट रोक्न सकिने अहम भुमिका खेल्ने बताउनु कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कावासोती नगरपालिका वडा न। ८ का वडा अध्यक्ष गोकण रिमाल बताउनु भएको छ ।

कार्यक्रममा उत्कृष्ठ केन्द्रहरुलाई प्रथम, द्धितिय, तृतिय तथा सान्त्वना गरि ८ वटा केन्द्रहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा२०७७ र ७८ को एस ई ई मा संस्थामा अबध सदस्य मध्य सबैभन्दा बढी ल्याउने रति कुरारी रानाको छोरी सरिता रानालाई समेत समान गरेको थियो ।
हालसम्म संस्थाले १ हजार ७ सय ७६ जना सदस्य समुहमा आवद्ध रहेका छन् । शाखामा आवद्ध भएका सदस्यहरुले ९ करोड बाउन्न लाख बचत संकलन गरेको तथा शाखाको तर्फबाट १२ करोड ७० लाख लगानी रहेको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...