देवचुली । नवलपुरमा गत राती देखि परेको भारी वर्षाका कारण नवलपुरका केही स्थानहरु डुवानमा परेका छन । निरन्तर बर्षाको कारण जनजिवन प्रभावित पर्न सक्ने हुँदा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार नवलपुरकाे देवचुली र गैंडाकोट क्षेत्रमा गत राती देखि वर्षा परिरहेको र दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Post Views: 1,078