राष्ट्रिय क्रीकेटका कप्तान सन्दिपले आफूमाथि जबर्जस्ती गरेको नाबालिगको किटानी जाहेरी

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूलाई मदिरामा मादक पदार्थ मिसाएर लठ्ठ बनाउँदै बलात्कार गरेको आरोप लगाउँदै एक नाबालिगले मंगलबार प्रहरीमा किटानी जाहेरी दिएकी छिन् ।

उनका अनुसार घटना ५ भदौको हो ।

आफूहरु सामाजिक सन्जाल स्न्यापच्याटबाट जोडिएको र पछि इन्स्टाग्राममा पनि सम्पर्क भएको ती युवतीले प्रहरीमा जाहेरी दिने क्रममा बताएकी छिन् । उनले ५ भदौको साँझमा सन्दीप आफूलाई लिन आफू बस्ने होस्टलनजिक आएको र आफूहरु कफी खानका लागि बाहिर निस्किएको पनि आरोपमा उल्लेख गरेकी छिन् । प्रहरीका एक अधिकारीका अनुसार सन्दीपले ती युवतीलाई समयमा नै ड्रप गरिदिने वाचासहित नगरकोट लगेका थिए । नगरकोटमा आफूहरु दुवैले मदिरा लिएको र त्यहाँबाट फर्किँदा अबेर भएपछि सन्दीपले गौशालाको एक होटलमा आफूलाई लगेको ती किशोरीले बताएकी छिन् ।

राति अबेर भइसकेकाले आफूसँग अरु विकल्प नभएको र होटलमा अरु कोठा नभएको भन्दै एउटा कोठामा बस्नु पर्ने बाध्यता आइपरेको पनि ती युवतीले बताएकी छिन् ।

उनले होटलमा पुगेपछि सन्दीपले आफूलाई मदिरामा केही मिसाएर खुवाएको आरोप लगाएकी छिन् ।

सन्दीप ६ भदौमा क्रिकेटका लागि केन्या उडेका थिए । घटना उनी केन्या उड्नुअघि अघिल्लो रातको भएको युवतीले किटानी जाहेरीमा दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search