रुपन्देही-२ मा माओवादीबाट बिनोद पहाडी सिफारिस

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

रुपन्देही,भाद्र २१। नेकपा माओवादी केन्द्रले रुपन्देही-२ मा विनोद पहाडीलाई टिकट दिन सिफारिस गरेको छ। नेकपा माओवादी केन्द्र रुपन्देही-२ कमिटीको आइतबार बुटवलमा बसेको बैठकले प्रतिनिधि सभामा पहाडीलाई सिफारिस गर्ने निर्णय सर्वसम्मत रुपमा गरेको हो।

जिल्ला अध्यक्ष नारायण जीसी ‘निर्मल’ ले पहाडीलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार क्षेत्रीय कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको हो।

प्रदेशसभा तर्फ रुपन्देही-२ ‘ख’मा वामदेव क्षेत्री, जिल्ला अध्यक्ष निर्मल जीसी सिफारिस भएका छन्। रुपन्देही-२ ‘ख’मा पुष्पराज ढकाल, मनोज राना, हुमनाथ न्यौपाने र बेलप्रसाद गौतमलाई सिफारिस गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ।

हालका गृहमन्त्री बाकृष्ण खाण पनि यही क्षेत्रमा सिफारिस भएका छन्। यस्तै एमाले उपाध्यक्ष विष्णु पौडेल पनि यही क्षेत्रमा सिफारिस भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...