एनआरएनए एनसिसी कतारका अध्यक्ष सुरेश भट्टले गरे फुटबल उद्घाटन

भाद्र २०, दोहा । कतारमा रहेर श्रम गरिरहेका नेपालीहरूको फुटबल खेल प्रतिको रूचिलाई शशक्त अभिवृद्धि गर्न २०११ मा स्थापना भएको सीएफसी (cfc) फुटबल क्लबले झण्डै डेढ महिनासम्म हप्ताको शुक्रवार म्याच हुने गरी नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको छ l कतारको मिसाइद स्थित माईक स्पोर्ट्स स्टेडियममा प्रमुख अथिति एनआरएनए एनसिसी कतारका अध्यक्ष सुरेश भट्टले फुटबल हस्तान्तरण गरेर भव्यताका साथ खेलको समुद्घाटन गरेका थिए ।
रोजगारीको शिलसिलामा कतारको विभिन्न स्थाना छरियर रहेका प्रतिभावान नेपाली खेलाडीहरूले आफ्नो फुटबल खेलप्रतीको तृष्णालाई मेटाउन खोलिएका क्लबहरू मध्य सक्रिय १५ वटा क्लबहरूको सहभागितामा शुक्रवार भएको चारवटा क्लबहरूको विच घमासान प्रतिस्पर्धा भएको छ।

खेलको पहिलो चरणको ३०/३० मिनेटमा एफएफसी रेडले new star fc न्यु स्टार एफसीलाई १ का विरुद्ध ४ गोल गरेको थियो । त्यसैगरी दोस्रो खेलमा ह्यापिज ब्रोले थ्रीसिसी लाई २ का विरूद्ध ३ गरेर पहिलो चरणको खेल सकिएको थियो ।
त्यसैगरी एफएफसी रेडको तर्फबाट पहिलो खेलको म्याच अफ द म्यानको उपाधि भुपाल राईले प्राप्त गरेका थिए भने दोस्रो खेलमा ह्यापिज ब्रो बाट प्रकाश थापा म्यान अफ द म्याच भएका छन् ।

प्रथम पुरस्कार झण्डै २ लाख नगद नेपाली (कतारी रियाल ५५५५) धनराशि र दोस्रो डेढ लाख नेपाली (कतारी रियाल ३३३३) नगद पुरस्कार रहेको आयोजक टिम सिएफसीका अध्यक्ष देवनारायण चौधरीले हामिलाई बताए। पहिलो नगद पुरस्कारका स्पोन्सर सफल ब्यबसायी राजाराम बनिया हुन्।

प्रमुख अथिति सुरेश भट्ट भन्छन् – हाम्रो संस्था एनआरएनए एनसिसी कतारलले गर्ने यस्तै प्रतिभावान, क्षमतावान नेपालीहरूको खोजी र पहिचान गर्न सक्यौँ भने उनिहरूको रुचि अनुसार अघी बढ्न हौसला मिल्छ, नेपाली समाजले राम्रा खेलाडीहरू पाउन सक्छ, यस्तो आयोजनामा हामी लागेर सहयोग गर्छौँ।

सहभागी टिमहरू यस्तो छन्

१)नेपाल कतार पुलिस क्लब
२)रेड्को फुटबल क्लब
३)नाईन स्टार
४)युनाइटेड युथ क्लब
५)बर्वा फुटबल क्लब
६)न्यु स्टार फुटबल क्लब
७)ह्यापिज-ब्रो
८)थ्रीसिसी
९)गोरखा गाईज
१०)पेट्रो फुटबल क्लब
११)A. B क्लब
१२)एन. ए फुटबल क्लब
१३)राईजिङ स्टार
१४)सिएफसी-ब्लु
१५)सिएफसी-रेड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search