पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति देखि सडक अवरुद्ध भएको हो ।
राति साढे २ बजेदेखि नै पहिरोका कारण सडक बन्द भएको प्रहरीले जानएको छ । जिल्ला प्रहरी कार्यालय चितवन पहिरो हटाउन दुई–तीन घण्टा लाग्ने छ । अहिले दुईवटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
Post Views: 81