केन्यासँगकाे पाँचाैँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एक सय ७६ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।
नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायाे । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, राेहित पाैडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगाेचे र नेहेमिह ओधिआम्बाेले दुई–दुई विकेट लिए ।
पाँच खेलकाे शृङ्खलामा नेपाल र केन्याले दुई–दुई वटा खेल जितेका छन् । आजकाे खेल जित्नेले शृङ्खला जित्नेछ । नेपालले पहिलाे र तेस्राे खेल जित्दा केन्याले दाेस्राे र चाैथाे खेल जितेकाे थियाे ।
Post Views: 117