स्मार्ट सिटिको शहरमा नसुहाउँदो खाल्डाखुल्डी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

बिनिता कंडेल, भदौ १४ – चितवन । भरतपुरबासिलाइ “स्मार्ट सिटी” को एउटा फुस्रो आस्वाशन बाँडेको वर्षौ बितिसक्यो । चुनावी मसलास्वरुप बाडिएको यो आस्वाशन फेरि अर्को निर्वाचनलाई पनि मसला कायमै छ। यसको एउटा गतिलो उदाहरण ६ लेनको पुलचोक गोन्द्राङ सडकखण्ड । यो सडक निर्माण कार्य केहि प्रतिशत काम अगाडि बढेपनि एकपटक पानी पर्यो भने यहाँ अब्यवस्थित ढल पानी र सडकका खाल्डाले महानगरलाइ गिज्याइरहेको मात्रै छैन सवारी दुर्घटना बढाएर सर्वसाधारणलाई अँगभङ्ग मात्रै नभए ज्यान गुमाउने अवस्था सृजना गरेको छ । यसको उदाहरण लिँउ दैनिक सयौं हजारौं सवारी आवतजावत गर्ने भरतपुरको मुटु चौविसकोटिको । यहाँको सडकको दुरावस्था देख्दा महानगर र स्मार्ट सिटि शव्दलाइ झापड हानिरहेको छ। यहाँ सडक भत्किएर बनेका खाल्डाखुल्डिले दैनिक रुपमा आवतजावतमा सास्ती त छदैछ, दैनिक सवारि दुर्घटना पनि बढाउदै लगेको छ। तर यहि सडक हुँदै दैनिक आवतजावत गर्ने महानगरका प्रमुख, उपप्रमुख सहित सिँगो महानगर प्रशासन कानमा तेल हालेर बसेको देखिन्छ । सडकमा बनेका खाल्डाखुल्डिलाइ सामान्य रुपमा भएपनि पुरपार गरेर यात्रा सहज बनाइदिए यात्रुलाइ सहजता हुनेमा महानगर त्यति सम्म गर्न पनि चासो दिदैन ।
“सबै भन्दा बढि यात्रु आउनेजाने ठाउँमा नै ठुलाठुला खाल्डाखुल्डी छन पानी परेको समयमा त झन कहाँ खाल्डाखुल्डी छ भनेर छुट्टाउनु समेत सकिदैन ” सर्वसाधारण भन्छन ।

बिगतमा कहिले ढुङ्गा त कहिले माटो हालेर देखिएको खाल्डाखुल्डी पुर्न कोसिस गरेको पनि देखिन्थ्यो तर अहिले त्यो पनि हुन सकेन भरतपुरका सवारि चालक मदन पाण्डे भन्छन् ,” अरु देशमा एक चोटि बनाको बाटो १० वर्ष केही हुदैन हामो देशमा भने छ महिना पनि टिक्न सक्दैन ” । ठाउँमा पुगे पछि जनताको लागि भन्दा पनि कसरी हुन्छ आप्नो स्वार्थमा लाग्छन् अनि के गर्ने भन्दै उनले आक्रोश जनाए ।

यस्तै भरतपुर ५ का बिबेक थापा भन्छन् , “पानी परेको बेला मोटरसाइकल चनाउन निकै गार्‍हो हुन्छ पानिले सबै सम्म देखिन्छ कता खाल्डाखुल्डी छ भन्ने कुरा नै थाहा हुदैन ।” बिहान कलेज जादा खाल्डाखुल्डीमा परेर लडेको भन्दै दुखेसो गरे । खाल्डाखुल्डी मात्र पुरिदिए पनि धेरै सजिलो हुन्थ्यो उनी भन्छन् ।

यस्तै भरतपुर १० का कविता पोखरेल भन्छिन् , “पानी पर्दा भरतपुरको मुख्य ठाउँ चौबिसकोटिको त यस्तो बिजोक छ अरु ठाउँ झन कस्तो होला ” । बाटोको यस्तो गति हुदा सम्म महानगरपालिकाले देखेको छैन होला र?? भनेर उल्टै प्रश्न गरिन । भासणमा त यो गर्छु त्यो गर्छु भन्छन् तर ठाउँमा पुगे पछि जनताको आबस्यक भन्दा पनि कसरी बजेट सक्ने भन्ने तिर लाग्छन् उनी भन्छिन् ।

उता जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता नरहरि अघिकारीका अनुसार चौबिसकोटिमा धेरै ठाउँबाट आबतजावत गर्ने भएको हुना दुर्घटनाको जोखिम पहिला बाट नै हुन्थ्यो तर अहिले बाटो बिगि्रएको हुदा झन उच्च जोखिम रहेको बताउछन । बाटो मर्मत भए यात्रुलाई सजिलो र दुर्घटनाको जोखिम पनि कम तथा सवारी ब्यस्थापनमा पनि सहज हुन्थ्यो उनी भन्छन् ।

यो त यौटा उदाहरण मात्रै हो यस्ता ठाउ भरतपुरमा कति छन कति । तर महानगर प्रसाशन यसतर्फ ध्यान कहिले देला। हरेक निर्वाचनका समयमा बाडिने आस्वासनले पनि पुर्णता पाए कस्तो हुन्थ्यो होला । आशा गरौ यो चाडबाडको समयमा सवारि आवागमन बढि हुन्छ जसकारण दुर्घटना समेत बढ्ने गर्छन त्यसैले यो सहित महानगरलाइ गिज्याइरहने सडकखण्डमा महानगरका आखा पुग्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...