राती देखि निरन्तर आएको बर्षाको कारण विनयी खोलाले टिपर बगायो

नवलपुर । नवलपुरको विनयी त्रिवेणीमा विनयी खोलाले टिपर बगाएको छ । हिजो देखि आईरहेको अविरल वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ पाखापानी स्थित पाखापानी सर्दी सडक खण्डमा राति ११:५० बजे ग २ ख १०२४ नम्बरको टिपर खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । खोलाले टिपरलाई २०० मिटर जति बगाएको र खोलाको बिच भागमा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ । उक्त टिपर चालक फरार रहेको र टिपरलाई निकाल्ने पहल भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search