नवलपुर । नवलपुरमा यौन र प्रजनन स्वास्थ्यको बारेमा छलफल र बहस घरमा र बिधालयमा प्रभावकारी गराउनको लागि बालबालिका लक्षित अनु शिक्षण सुरु गरिएको छ ।
नवलपुरको कावासोतीमा जागृति बाल तथा युवा सरोकार नेपालद्धारा संचालित किशोरी शसक्तिकरण कार्यक्रमका किशोरीहरुले यो बारेमा प्रशिक्षक प्रशिक्षण तालिम पश्चात् यो अभियान सुरु गरेका हुन् ।
आज कावासोति ८ को जनकल्याण माध्यमिक बिधालयमा अध्ययनरत बालबालिकाहरुको लागि यो कार्यक्रमको आयोजना गरिएको थियो । यस कार्यक्रमले बालबालिकाहरुले यौन र प्रजनन स्वास्थ्यको बारेमा आफुलाई लागेका जिज्ञासा मेटाएका थिए । तस्वीर : दिपक शर्मा
Post Views: 1,166