तिर्थराज काफ्ले, कावासोती । सुरक्षित आप्रावासन तथा वैदेशिक रोजगारीका लागी कावासोतीका सरोकारवालाहरुले चासो देखाएका छन् ।
रिड नेपाल, रिड गोल्बल र आईरिसको आर्थिक सहयोगमा अग्यौली सामुदायिक पुस्तकालय कावासोती–१६, डण्डा नवलपुरले संचालन गरेको सुरक्षित आप्रावासन तथा वैदेशिक रोजगारी सम्बन्धि दियो परियोजनाको समापन भएपनि स्थानीय सरकार र संस्थाको सहकार्यमा यसको निरन्तरता दिनु पर्ने सरोकार वालाहरुले बताएका हुन् ।
परियोजनाका सहजकर्ता मदन गिरीका अनुसार परियोजनाको कार्य समय अवधि साढे पाँच महिना भएको र सकिए पनि यसको निरन्तरता हुनु पर्ने छलफलमा सहभागी सरोकारवालाहरुले बताएका छन् । गिरीले भने – पुस्ताकालयले साढे पाँच महिना देखि गर्दै आएको परियोजना सकारात्मक भएको भन्दै यसको निरन्तरता हुनुपर्नेमा सबैको जोड् रहेको छ ।
अब आर्थिक रुपमा परियोजाको लागि आउँने नियमित बजेट रोकिएपनि त्यही उद्धेश्यमा यहाँका सरोकारहरु काम गर्न प्रतिबद्ध हुनुहुन्छ ।
कावसोती नगरपालिका उप प्रमुख फुलकुमारी थनेतले सुरक्षित आप्रावासन तथा वैदेशिक रोजगारी सम्बन्धि दियो परियोजनाले नगरका व्यक्तिहरुमा सचेतना बढाएको भन्दै यस्तो कार्यक्रम आवश्यक रहेको बताउँनु भयो । उहाँले कार्ययोजना बनाएर अघि बढेमा बजेटकै कारण काम गर्न असहज नहुने समेत छलफलमा बताउनु भएको थियो ।
कावसोती नगरपालिका वडा १६ का वडा अध्यक्ष आनन्द श्रेष्ठले पुर्वधारको निमार्ण संगै स्थानिय तहको भुमिका नागरिकलाई संचेत बनाउन विशेष भएको भन्दै वडाको तर्फ बट यस खाले कार्यक्रमको लागि निरन्तरता दिने बताउँनु भयो ।
अग्यौली सामुदायिक पुस्तकालयका अध्यक्ष सुर्य प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षित आप्रावासन तथा वैदेशिक रोजगारीमा चासो राख्ने व्यक्ति र संघसंस्थाहरुको सहभागिता रहेको थियो । कावासोतीमा वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएका घट्नाहरु पछिल्लो समय लगातार सार्वजनिक भएको भन्दै सरोकारवालाहरुले यस विषयमा समेत चासो राखेको थिए ।