लघुवित्त कर्मचारी मिलन केन्द्र नवलपुरको अध्यक्षमा युवराज गौतम

तिर्थराज काफ्ले , कावासोती।  लघुवित्त कर्मचारी मिलन केन्द्र, नवलपुरको अध्यक्षमा आधिखोला लघुवित्त प्रगतिनगरका शाखा प्रमुख युवराज गौतम सहित १३ सदस्यीय समिति सर्वसहमत चयन भएको छ ।
कावासोतीमा रहेको थकाली भन्सा घरमा मङ्गबार सुर्योदय वोमी लघुवित्त डण्डा शाखा प्रमुख सुन्दर थापा क्षेत्रीको नेतृत्वमा भएको भेलाले लघुवित्त कर्मचारी मिलन केन्द्र, नवलपुर गठन गरिएको छ ।
समितिका उपाध्यक्षमा कालिका लघुवित्त गिरुवारीका शाखा प्रमुख सुजता गैरे, सचिबमा स्वावलम्वन लघुवित्त कावासोतीका शाखा प्रमुख बाबुराम श्रेष्ठ, सह–सचिबमा सुर्योदय वोमी लघुवित्त गैडाकोटका शाखा प्रमुख समझना कुमाल, कोषध्यक्षमा आसा लघुवित्त रजहरका शाखा प्रमुख सविन तिमिलसिना चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सुर्यमणि पौडेल , सालिकराम पौडेल, रामचन्द्र भट्टराई, दिपेश बहादुर ढकाल, दिपक सुवेदि, एकनाथ कोईरला, निमेश चैधरी, राजेन्द्र साउत चयन गरिएको छ । भेलामा जिल्ला भरीका ३८ ओटा लघुवित्तका शाखा प्रमुखहरुको उपस्थि रहेको थियो ।

भेलामा लघुवित्तमा देखा परेका साझा समस्याहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर छलफल गरिएको थियो । हाल समाजमा लघुवित्तवारे गलत अफवाह फैलाएर केहि व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न लागि परेको वारे लघुवित्त मिलन केन्द्रको गम्भिर ध्यानाकर्षण भएको समेत वताईएको थियो ।
भेलामा लघुवित्तले ३६ प्रतिशत व्याज लिन्छ, जथाभावी लगानि गर्छ, सेवाशुल्क ५ प्रतिशत सम्म लिएको भन्ने जस्ता गलत अफवाह फैलाएर वास्तविक उद्यमि ग्राहकलाई समेत अन्योलमा पारेको वारे समेत छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search