चितवन – नारायणी नदीको पुलबाट एक युवती हामफालेकी छन् ।
पूर्वी चितवनको खैरहनी नगरपालिकाकी २६ वर्षीया रिचा उप्रेती नारायणगढको पुलचोकस्थित नारायणी नदीको पुलबाट हालफालेकी हुन् । उनी आज (मंगलबार) दिउँसो २:४५ बजे पुलबाट नदीमा हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
नदीबाट हामफालेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् उद्धार टोली घटनास्थलमा खटिएको छ । उनको खोजी भईरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
Post Views: 1,230