युनिक इ.बो.स्कुलले ल्यायो “युनिक बाल तिज गीत”

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नेपाली नारिरहरुको माहान पर्व हरितालिका तिजको अवसरमा युनिक इङलिस बोर्डिङ स्कुल, गैंडाकोट-१६ ले “युनिक बाल तीज गीत” शिर्षकको चेतना तथा जानकारी मुलक तिज गीत सार्वजनिक गरेको छ। आइतबार आफ्नै युटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो।

यसरी बिधालयले जानकारी मुलक गीत निर्माण गरेको नवलपरासिमै पहिलो उदाहरण भएको बिधालयका प्रबन्ध निर्देशक सीता भण्डारिले दावी गर्नुभएको छ।
त्यस्तै बिधालयका प्रिन्सिपल राम प्रसाद शर्माले बालबालिकाहरुलाइ नैतिकताको ज्ञान सिकाउदै असल नागरिक बनाउने, सम्पुर्णमा हाम्रो देश प्रतीको उत्तरदायित्व बहन गराउदै रास्ट्रप्रेमको भावन जागृत गराउने, बाल क्लवलाइ परिचालन गरि नानिबाबुहरुमा भएको प्रतिभा र क्षमता उजागर गर्ने र नेपाली सस्कृतिको संरक्षण गर्दै नेपालि उखान टुक्काबारे जानकारी दिने उद्देश्यले यश गीतको निर्माण गरिएको जानकारि गराउनु भयो भने युनिक बाल क्लबकि सचिव आर्या भट्टराइले गीतलाइ प्रभावकारी बनाउन आफुहरुले सक्दो प्रयास गरेको बताउदै सबैलाइ गीत हेरि प्रतिक्रिया दिन समेत आग्रह गर्नु भयो।
गीतमा रुपा पाण्डेको शब्द संकलन, प्रनिसा रानाभाट/ ग्रीस्मा थापा र आर्या भट्टराई तथा समस्त छात्राहरु को स्वर, सीता भण्डारिको लय संकलन, मन्दिप कोइरालाको एरेन्ज, सोफिन बरालको कोरियोग्राफी र राम प्रसाद शर्माको निर्देशन रहेको छ भने आकेन्जल स्टुडियो ले श्रब्यदृश्य निर्माण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...