देवचुली, माधव सुवेदी। अभिषेक चर्च रजहरले सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको विभिन्न क्लबलाई खेलकुद समाग्री वितरण गर्दै आएको छ ।
मंगलबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै सेन्टर कलेज शहिदचोक र कावासोतीको आयोजना साथै अभिषेक चर्च रजहरको समन्वयमा सम्पन्न भयको छ । साथै उक्त कार्यक्रममा खेलकुदको समाग्री सहयोग प्रदान गरेको हो ।
सुनवल, दुम्कीबास, बिनयी त्रिवेणी, डण्डा, कावासोती, देवचुली, गैडाकोट, भरतपुर लगाएतका क्षेत्रहरुका ४० वटा क्लबहरुलाई फुटबल सहयोग गरिएको सेन्ट्रर कलेज का प्रिन्सिपल यज्ञा विलास पौडेल (वाई.वी) ले बताउनुभयो । उहाका अनुसार बिभिन्न क्षेत्रबाट आएका क्लवका अध्यक्ष तथा खेलाडीहरुलाई १-१ थान फुटबल वितरण गरिएको हो ।
प्रिन्सिपल पौडेलले फुटबल विकासमा लागेको क्लबहरुलाई खेलकुदको माध्यमबाट देश र राष्ट्र लाई चिनाउन सक्छन साथै क्लव भित्र रहेका खेलाडीहरुको गुनासो?, खेलको अबस्था के कस्तो छ?, आगामी दिनमा खेलकुदमा के हुन जरुरी छ? भन्ने उदेश्यले बितरण गरिएको बताउनुभयो ।
उनले आगामी दिनमा समेत सेन्ट्रर कलेजले महसुस गर्ने गरि विभिन्न सामाजिक संस्था तथा क्लबहरुसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
विगत लामो समयदेखि फुटबलको विकासमा लागिपरेको क्लबलाई खेलकुद समाग्री सहयोग गर्नु उदाहरणीय कार्य रहेको भन्दै अभिषेक चर्च रजहरका पास्टर सुकलाल तामाङ्ले खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा सेन्ट्रर कलेजका बिजनेस प्रमोटर संजय देवकोटा, सेन्ट्रर कलेजका भ्वाईज प्रिन्सिपल लगाएतको उपस्थिती रहेको थियो ।