अमरापुरीमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

नवलपुर । गैंडाकोटको अमरापुरिमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । सोमबार करिब ११ः३० बजेको समयमा गैंडाकोट नगरपालिका वडा नं १७ अमरापुरी स्थित भित्री सडकमा दुर्घटना हुँदा पैदल यात्रीको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा.प्र.०३–००३ प ७०६३ नम्बरको स्कुटरले ठक्कर दिँदा सोही स्थानमा बस्ने ७० बर्षीय मोहन बहादुर क्षेत्री गम्भीर घाइते भएका थिए ।

घाइते क्षेत्रीलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा ११ः५५ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।स्कुटर चालक ५० बर्षीय कलाधर सापकोटा र ५० बर्षीया नन्दीकली सापकोटाको टाउकोमा चोट लागेकाले पुरानो मेडिकल कलेजमा थप उपचार लागि पठाइएको छ ।

अहिले दुवैको अवस्था मध्यम रहेको नवलपुर प्रहरीले जनाएको छ ।

स्कुटर प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...