देवचुली, माधब सुवेदी । देवचुली नगरपालिका वडा नं १६ रजहरमा एक दिने खेलकुद महोत्सव सम्पन्न भएको छ ।
कार्यक्रम बालबालिकाहरुको व्यक्तित्व, शारिरीक र मानसिक विकास स्तर उन्नती साथै देशको खेलकुद विकासमा सहयोग पुर्याउनु हो भन्ने मुख्य उदेश्यका साथ सो कार्यक्रम गरिएको हो ।
बालक्लबद्वारा देवचुली नगरपालिकामा पहिलोपटक १ दिने खेलकुद महोत्सव गरिएको हो ।
कार्यक्रमको अध्यक्षता कालिका बाल क्लबकी अध्यक्ष प्रेक्षा भुसालले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपाने रहनुभएको थियो । त्यस्तै बिशिष्ट अतिथीको रुपमा देवचुली नगर खेलकुद संयोजक सुभास ओझा, नवलपुर बाल सन्जालकी अध्यक्ष कृशला शर्मा, देवचुली वडा नं १६ का वडाध्यक्ष केशव राज गौतम रहनुभएको थियो । त्यस्तै बिशेष अतिथीको रुपमा देवचुली वडा नं १६ की वडा सदस्य जानकी लामिछाने, वडा बाल सन्जालकी अध्यक्ष सबिता लामिछाने, राष्ट्रिय खेलकुद संघकी वडा सदस्य सोनी बस्नेत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका नगर प्रमुख न्यौपानेले
खेलकुदको माध्यमबाट शारिरीक र मानसिक बिकास संगै देश विकासमा पनि राम्रो भुमिका रहने बताउदै सानो सोच भएका १५ बर्ष मुनिका बालबालिकाहरुले गरेको कार्यक्रम प्रति उच्च सम्मान गर्नुभयो । उहाँले बालबालिकाहरुको क्षेत्रमा गर्नु पर्ने कदमहरुमा देवचुली नगरपालिकाको तर्फबाट जुनसुकै सहयोग गर्न पनि आफू प्रतिबद्धता रहेको बताउनुभयो ।
देवचुली १६ मा रहेका १३ वटा बालक्लबहरुको सहभागितामा एक दिने खेलकुद महोत्सव भएको थियो जसमा १ सय मिटर दौड, स्किपिङ, घैटो फुटाई, फुटबल प्यनाल्टि, चम्चा गुच्चा, तातो आलु, म्यूजिकल चियर लगायत खेलहरु भएको थियो ।
कालिका बालक्लब देवचुली १६ रजहरले आयोजना गरेको १४ बर्ष मुनिका बालक्लबहरु बिचको खेलहरु निकै उत्कृष्टका साथ सु-सम्पन्न भएको थियो ।