झापा / झापामा छोराले चलाएको मोटरसाइकलबाट लडेर अर्जुनधारा नगरपालिका – ७ नारायणचोककी एक महिलाको आइतबार मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा नारायणचोककी ६२ वर्षीया लक्ष्मीमाया कार्की छन् । दुर्घटना नारायणचोक र बुद्धशान्ति गाउँपालिका – २ को जयपुरचोक जोड्ने सडक खण्डमा साँझ ५ बजे भएको हो ।
मोटरसाइकल ४० वर्षीय छोरा सुमन कार्कीले चलाएका थिए। दुर्घटनामा परेकी लक्ष्मीमयाको टाउकोमा चोट लागेको थियोे । अर्जुनधाराको शंकर हस्पिटलमा उपचार सम्भव नभएपछि बिएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो। त्यहाँ पुर्याउना साथ उनको मृत्यु भएको हो।मोटरसाइकल चालक सुमन बेहोस छन् । उनको चिन्ताजनक अवस्थामा बिएन्डसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 488