नवलपुरमा थपिए आठहजार आठसय ३५ नयाँ मतदाता

नवलपुर । नवलपुर जिल्लामा आठहजार ८ सय ३५ नयाँ मतदाता थपिएका छन् ।स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै शुक्रबारदेखि मतदाता नामावली सङ्कलन स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भूसालले जानकारी दिनुभयो ।

मतदाता दर्ताको अन्तिम दिन साउन १९ गतेसम्म चारहजार पाँचसय १४ पुरुष र चारहजार तीनसय २१ थपिएका छन् । त्यस्तै बाहिरी जिल्लाका ७४ जना मतदाताले नवलपुरबाट मतदाता नामावली दर्ता गरेको कार्यालयले जनाएको छ । त्यसैगरी १०१ जनाले मतदाता नामावलीको त्रुटी सच्चाएका छन् भने एकहजार ५७ जनाले ठाँउसारी गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेको दर्तास्थलबाट आठहजार आठसय ३५ मतदाता थपिएका हुन् । “निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको छ, अब हामी आन्तरिक तयारीमा जुट्छाैं,” भूसालले भन्नुभयो । स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण थियो ।

मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै कावासोतीसम्म पुग्ने गरेका थिए । नवलपुरमा बैसाख २९ गतेसम्म दुइलाख ५४ हजार ६१५ मतदाता कायम रहेकोमा हाल आएर यो संख्या झण्डै ९ हजारले बढेको छ । जिल्लामा संकलन भएका मतदाता नामावलीको अन्तिम विवरण आउन केहि समय लाग्ने कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा २९९ मतदानस्थल रुहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search