चितवन – चितवनमा वृहत साइकल र्याली सम्पन्न भएको छ । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा चितवनको सामाजिक संस्था बेटर चितवनको आयोजनामा ‘युथवन’ कार्यक्रम अन्र्तगत शनिबार साइकल र्याली कार्यक्रम सम्पन्न भएको हो ।
भरतपुरको केन्द्रीय टर्मीनल बसपार्कबाट सुरु भएको साइकल र्यालीको उद्घाटन भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै उपप्रमुख अधिकारीले महानगरमा साइकल लेन सहितको सडक निर्माणमा अगाडि बढी रहेको बताए ।
उनले भरतपुरमा साइकल लेन सहितको सडक निर्माणको खाका यसअघि नै कोरिसकिएको भन्दै अब निर्माण हुने नयाँ सडकहरुमा अनिवार्य साइकल लेन सहित रहने प्रष्ट पारे । साइकल र्यालीले समाजमा सस्कृतिको प्रवद्र्धन गर्न सघाउन पुग्ने उनको भनाइ थियो । ‘साइकल चढ्नु, केवल साइकल चढ्नु मात्रै होइन । साइकल संस्कृति स्थापित गर्नु पनि हो ।’ उनले भने ।‘प्रकृतीसँग साइकल’ नारा दिएर गरिएको र्यालीमा चितवन र गैंडाकोटका एक सय भन्दा बढी साइकलयात्रीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक विपीन भण्डारीले जानकारी दिए ।