गण्डकी प्रदेशमा हालसम्म दुईजना मुख्यमन्त्री बने । पहिलो चरणमा एमालेको तर्फबाट पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बनेको यस प्रदेशमा अहिले नेपाली काग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन् । एमालेको सरकार बन्दा यहाँ ७ वटा मन्त्रालय थिए । गठबन्धनपछि सबैलाई भागबन्डा गर्न यहाँ मन्त्रालय फुटाएर १२ मन्त्रालय बनाइयो ।
मुख्यमन्त्री : पृथ्वीसुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली पोखरेल ( पोखरेल हाल मुख्यमन्त्री छन् )
किरण गुरुङ : आर्थिक मामिला तथा योजना मन्त्री , हाल : रामजी बराल : अर्थ
नरदेवी पुन : सामाजिक विकास मन्त्री, हाल : मेखलाल श्रेष्ठ : शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री
रामशरण बस्नेत : भौतिक पूर्वाधार विकास मन्त्री, हाल कुमार खड्का : भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्री
विकास लम्साल : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, हाल : मणिभद्र शर्मा कँडेल : पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री
हरिबहादुर चुमान : आन्तरिक मामिला तथा कानुन मन्त्री , हाल डोबाटे विश्वकर्मा : आन्तरिक मामिला मन्त्री
लेखबहादुर थापा मगर भूमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्री , हाल : चन्द्रबहादुर वुढा : भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
राजीव गुरुङ : युवा तथा खेलकुद मन्त्री हाल राजीव गुरुङ : युवा तथा खेलकुद मन्त्री
हाल कायम रहेका अन्य मन्त्री
विन्दुकुमार थापा : कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रीमा मन्त्री
मधुमाया अधिकारी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री
दीपक चर्तीमगर : वन, वातावरण तथा भू-संरक्षण मन्त्री
हरिशरण आर्चाय : ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री
देशले विकासको निमित्त प्रदेश स्थापना गर्यो तर प्रदेश सँगै देशले चाहिने भन्दा बढि मन्त्रालय नै मन्त्रालय खडा गर्यो । राज्यको स्तर भन्दा पनि दोब्बर मूल्य वृद्धि यिनै स साना स्तरिय मन्त्रीमण्डललाई भत्ता र तलब पुराउँदैमा विकासको गति भन्दा बढि देश रिणमा गईरहेको छ ।
गण्डकी प्रदेशमा पनि विकासको नाममा कुनै काम सम्पन्न हुनै सकेको छैन तर मन्त्रीहरुको गोजि तताउने बाटोले गर्दा पनि काममा पुर्णबिराम चिन्ह खडाहुन जान्छ , अगिल्लो सरकार हुँदै स्थापना गरिएको नारायणगढ – बुटवल सडकखण्ड अहिले निल्नु न ओकल्नुको दोसाधमा परिरहेको छ । देख्दा काम गरेको जस्तै देखिएता पनि कामको गति र मुख्यमन्त्रीको चासोमा खड्को रहँदा यात्रागर्ने यात्रुहरुलाई सास्ती दिनानुदिन बढ्दै गईरहेको छ तर विकासको निमित्त अल्झिँदो यो गतिलाई जनताले नै प्रश्न गर्न थालिसकेका छन ।