चितवन । नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सोमबार अपरान्ह ४ बजे नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस दुर्घटना भएको हो । घाइते मध्ये ११ जना पुरुष, ६ महिला र एक बालिका रहेका छन् ।
घाइते मध्ये चार जना गम्भीर रहेकोमा तीन जनाको अवस्था सुधार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाकारी दिएको छ । एक महिलाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको हो ।
१.टिकाराम श्रेष्ठ (धादिङ)
२.प्रमिला भट्ट (धादिङ)
३.सरोज खतिवडा (धादिङ)
४.दीपा रेग्मी (धादिङ)
५.जीवन कुमार (नुवाकोट)
६.उपेन्द्र भण्डारी (नुवाकोट)
७.सुजन आचार्य (धादिङ)
८.सरोज मोक्तान (मकवानपुर)
९.सावित्री सापकोटा (धादिङ)
१०.स्वस्तिका आचार्य (धादिङ)
११.विकास संजेल (ललितपुर)
१२.मनोज भण्डारी (धादिङ)
१३.सुवास नेपाल (नुवाकोट)
१४.धर्मबहादुर खड्का (दोलखा)
१५.प्रकाश अधिकारी (धादिङ)
१६.सनिशा अधिकारी (धादिङ)
१७.रोजिना श्रेष्ठ (धादिङ)
१८.अन्जेल कुमाल (भरतपुर)