नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन । वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो खसेपछि आज विहान ४ वजेदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदो सहितको पहिरो खसेको प्रहरीले जनाएको छ । अहिलेपनि लगातार वर्षा भैरहेकोले पहिरो हटाउन समस्या भैरहेको छ । बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search