भरतपुर शिशु मृत्यु प्रकरण: दोषीलाई कारवाही नगरी शब नउठाउने चेतावनी

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन । बिहीबार भरतपुर अस्पतालमा तीन महिने शिशुको अस्वभाविक रुपमा मृत्यु भएपछि पीडित पक्ष शिशुका आफन्तले क्षतिपूर्ती र दोषी चिकित्सकलाई कारवाही माग गरेका छन । आज भरतपुर अस्पतालमा पत्रकार समक्ष उनीहरुले घटनाको सत्यतथ्य छानवीन गरी दोषीलाई कारवाहीको माग गरेका हुन् । सो क्रममा बोल्दै भरतपुरमहानगरपालिका वडा नम्बर २३ का शिशुका बाबु रामु लम्सालले चिकित्सकको लापरवाहीले आफूले बच्चा गुमाउनु परेको गुनासो गरे ।

आफ्नो बच्चा सामान्य दुध चुस्न छाडेपछि अस्पतालमा ल्याएको तर उपचारको सट्टा आफ्नो बच्चाले मृत्यु वरण गर्नुपरेको बताए । ‘बच्चा हामीले ल्याउंँदा पनि सकुशल थियो, बच्चाको रिपोर्टपनि ठीक छ तर डाक्टरको लापरवाहीले बच्चा गुमाउनु पर्यो ।’ लम्सालले भने। डाक्टर र स्वास्थ्यकर्मीले वच्चाको वेवास्ता र उपचारको क्रममा अस्पताल परिषरमै कर्मचारीको जन्मदिन मनाउंँदा यस्तो दुर्भाग्य भोग्नुपरेको उनले बताए । अस्पतालमा बिहीबारबाटनै आफन्तहरुको भीड छ ।

उनीहरुले आफूहरुले न्याय नपाईन्जेलसम्म शिशुको शब नउठाउने अडान लिएका छन । उनीहरुले आजनै जिल्ला समक्ष कार्यालयमा घटनाको बिषयमा जानकारी गराएको र मेडिकल काउन्सिल समेत उजुरी गरेका छन । अस्पताल पक्षले भने यो आरोपलाई ठाडै अस्वीकार गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर कृष्ण पौडेलले उपचारमा कुनै लापरवाही नभई बच्चाले दुध चुस्दा सर्किएर मृत्यु भएको दाबी गरे ।

‘बच्चालाई सुताएर दुध नखुवाउनु भन्दा आमाले मानिनन उनले भने, यो केस भनेको संयोग हो , हर्टएट्याक्ट जस्तै केस हो । ’दोषीलाई कारवाही हुन्छ कि हुदैन भन्ने बिषयमा स्वास्थ्यकर्मीको कुनैपनि दोष नभएको र छानविन बाट जे निष्कर्ष निस्कन्छ उही स्वीकार्नुपर्ने उनले तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...