भरतपुरमा खुकुरीले हानेर श्रीमतीको हत्या,हाम फालेर भाग्ने क्रममा श्रीमानको पनि ज्यान गयो

चितवनको भरतपुरमा एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । हत्यापछि तीन तलाबाट हामफालेर भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ ।

हिजो साँझ १०ः३० बजे भरतपुर महानगरपालिका १० रमाइलोचोक स्थित आफ्नै घरको बैठककोठामा ४३ बर्षिय कृष्णप्रसाद आचार्यले ३५ बर्षीय श्रीमती रुष्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रुष्माको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा १०ः४० बजे मृत्यु भएको हो ।

श्रीमतीको हत्या गरी भाग्ने क्रममा तीन तलाबाट हाम फाल्दा कृष्णप्रसाद गम्भिर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । कृष्णप्रसाद केहीदिन अघिमात्र विदेशबाट फर्किएका थिए ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search