नेपाल प्रेस युनियनको ९ औ महाधिवेशनको अन्तर्गत शानिबार भएको मतदान कार्यक्रम पश्चात भएको मतदानको मतगणना कार्य जारी रहेको छ ।
शनिबार रातीबाट सुरु भएको गणना कार्य जारी भइरहेको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । युनियनको १ हजार ६५० जना महाधिवेशन प्रतिनिधि रहेकोमा १हजार ३९७ मात्र मत खसेको निर्वाचन संयोजक एमराज पोखरेलले बताएका छन्।
मतपरिणाम आइतबार साँझसम्ममा सार्वजनिक भइसक्ने जनाइएको छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनमा अनिता विन्दु र शिव लम्सालको प्यानल चुनावी मैदानमा उत्रेका थिए । निर्वाचन प्रक्रियामा ३१ जना भने निर्विरोध भइसकेका छन् ।
Post Views: 554