फेरि बढ्यो बस भाडा, चितवनबाट काठमाडौं पुग्न कति लाग्छ ?

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन – सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो ।

नयाँ भाडादर अनुसार अब यात्रुले नारायणगढबाट काठमाडौं जादा ४५० भाडा तिनुपर्ने छ । यस्तै चितवनको रामपुरदेखि काठमाडौं सम्मको भाडा ४७८ रुपैयाँ कायम गरएको छ । नारायणगढदेखि धादिङ वेशीसम्मको भाडा ३११ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी काठमाडौं-नारायणगढ-हेटौडासम्मको २ सय २० किमीको यसअघि भाडादर ६ सय १३ रहेकोमा अब ६ सय ६४ कायम गरिएको छ । काठमाडौंबाट कुरीनटारसम्म पुग्न ३ सय ७ रुपैयाँ भाडा लाग्नेछ । यसअघि २ सय ८३ थियो ।

त्यस्तै काठमाडौंबाट गल्छी ४७ किलोमिटरका लागि यसअघि १ सय ३४ रहेकोमा अब १ सय ४५ पुगेको छ । काठमाडौं जिरी ८२ किमीका लागि यसअघि २ सय ६४ रहेकोमा अब २ सय ८६ रुपैयाँ पुर्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...