कतार । केही समय अघी जनता समाजवादी पार्टी”का अध्यक्ष उपेन्द्र यादवको स्वेच्छाचारी कदमले जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. भट्टराई लगायत नौ जनालाई गैर-राजनितीक, अलोकतान्त्रिक तरिकाले पदमुक्त गरेपछी डा. भट्टराईद्वारा पार्टी पुनर्गठनको अपिल भए पाश्चात् कतारमा भट्टराई ईतरका समर्थहरूको चहल-पहल बढिरहेको छ।
नेपाली समाज कतारका बरिष्ठ उपाध्यक्ष समेत रहेका राजाराम शाहीले पार्टी छिन्न-भिन्न अवस्थामा पुगेको निष्कर्ष निकाल्दै डा. बाबुराम भट्टराईका आफ्ना समर्थक विचलित नहुन भन्ने हेतुले आफूले साथीहरू संग तिब्रताका साथ भेटघाटमा लागेको बताए।
जसपाको यादव पक्षको वीरगञ्जमा बसेको असार २९-३० सम्मको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आफ्ना नेता भट्टराईले पार्टीलाई संघीयता,सुशासन,समृद्धि र समाजवादको लक्ष्य हासिल गर्ने पार्टी बनाउने र हिमाल,पहाड,तराई/मधेस जोड्ने राष्ट्रिय चरित्रको वैकल्पिक पार्टीमा रूपान्तरण गर्ने अठोट सहितको अथक प्रयासमाथि कुठाराघात गरिदिए पछि विदेश स्थिति संगठन लथालिङ्ग छोड्न नसकिने र डा. भट्टराईको विचारलाई मर्न नदिन पुनर्गठनको विकल्प नरहेको पूर्व प्रवक्ता ध्रुव क्षेत्री बताउँछन्।
उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरम नेपाल र भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिबीच एकता गरी २०७६ वैशाख जसपा नेपाल बनेको थियो। उक्त एकता पछी बनेको नयाँ पार्टीले राष्ट्रीय पार्टीको दर्जा प्राप्त गरेको थियो। भट्टराईले जसपालाई देश रूपान्तरणको पार्टी बनाउन धेरै प्रयत्न गरेका थिए। तर सफल हून सकेनन् ।
नेता डा. बाबुराम भट्टराईले भोलीको दिनमा देशभर छरियर रहेका वैकल्पिक राजनीतिक धारका नेताहरूलाई समेटेर वैकल्पिक राजनीतिकै पुनर्गठन गर्छन्? वा हिजो आफैले छोडेर हिडेको नेकपा माओवादी केन्द्र संग कुम जोड्न पुग्छन् समयले नै बताउने छ ।