मोरङको बूढीगङ्गामा कन्टेनरको ठक्करबाट केराबारीका दुई जनाको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–२ गङ्गा चोकमा भारतीय नम्बर प्लेटको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार बिहान दुई जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई बिहान ६ः४५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का अन्दाजी २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार कन्टेनरको तीव्र गतिका कारण दुर्घटना भएको हो ।
प्रहरीले कन्टेनर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । साँघुरो सडकमा ओभरटेक गर्न खोज्दा कन्टेनरले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनाको विरोधमा स्थानीयले सवारीसाधन सञ्चालनमा रोक लगाएर केहीबेर कोसी लोकमार्ग अवरुद्ध गरेका थिए ।
प्रहरीको प्रयासमा सडक सुचारु भइसकेको छ । उक्त सडकको पश्चिमतर्फको भाग लगभग दुई साताअघिदेखि खनेर त्यत्तिकै छाडिएको छ । नेपाल टेलिकमको च्याम्बर व्यवस्थित गर्न सडक खनेको बताइएको छ । खनेर त्यत्तिकै छाडिएपछि छ लेनमध्ये पश्चिमतर्फको दुई लेन सडकमा सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था छैन । दक्षिणबाट उत्तरतर्फ जाने एक लेन सडक मात्रै सञ्चालनमा छ । साँघुरो सडकमा ओभरटेक गर्न खोज्दा तीव्र गतिको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सम्बन्धित निकायले सडक खनेर लामो समयदेखि त्यत्तिकै छाडिदिँदा दुर्घटना भएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । उनीहरुले तत्काल सडकको खाल्डो पुरेर सवारीसाधन सञ्चालन सहज बनाइनुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...