नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी नै खुल्यो

काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नाैबिसे सडक खण्ड दुईतर्फी नै खुलेको छ ।बिहान पात्लेवनमा ठूलो ढुङ्गा खस्दा एक लेनमा मात्रै गाडी चलाइएको थियाे । सडकबाट ढुङ्गा हटाएपछि अहिले सडक दुईतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।

यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ ।नागढुङ्गा–नौबिसे सडक खण्ड खुले पनि नुवाकोटको तीनपिप्ले–पाँचमाने सडक खण्ड भने बन्द नै छ । यो सडक खण्डमा पनि बिहान ढुङ्गा खसेपछि अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search