चितवनमा ट्रक र बलेरो ठोक्किँदा दुई जना घाइते

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन, साउन ५ । भरतपुर महानगरपालिका-२९ स्थित भतेरी जङ्गलको ओरालोमा डिब्बा ट्रक र बोलेरो ठोक्किँदा दुई जना घाइते भएकाछन् ।

बिहीबार बिहान मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ३-००१ ख २२२० नम्बरको डिब्बा ट्रक र विपरीत दिशाबाट जादैं गरेको बा १३ च २२८७ नम्बरको बोलेरो एक आपसमा ठक्कर खाँदा बोलेरोमा सवार दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा बोलेरो चालक धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष १८ को समीर नेपाली र बोलेरोमा सवार भारत मोतिहारी बस्ने वर्ष ४५ को दिलीप गुप्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुवै घाइतेको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको र दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...