प्रमोद यादव
पर्सा, ०४ साउन: पर्सको पर्सागढी नगरपालिकाका वडा नम्बर ३ बाट ठूलो परिमाणमा काँचो सालको काठ बरामद भएको छ।
सव डिभिजन वन कार्यालय बढनियारबाट खटिएको वन गस्ती टोलीले वडा नम्बर ३ स्थित जुस फ्याक्ट्री पछाडिको झाडीबाट बुधबार बिहान ४:३० बजे काँचो सालको काठ ४ थान र साइकल ४थान बरामद गरेको हो।
तस्करहरुले राष्ट्रिय वनबाट ल्याएर झाडीमा लुकाएर राखेको काठ वन गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु फरार रहेको र उनिहरूको खोजी भइरहेको सव डिभिजन वन कार्यालय बढनियारले जनाएको छ ।
Post Views: 380