चितवन राष्ट्रिय निकुञ्जमा ३७ गैंडाको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७८/७९ मा ३७ वटा गैंडाको मृत्यु भएको छ ।

निकुञ्जका अनुसार यसमध्ये ३३ वटा गैंडाको प्रकृतिक कारणले मृत्यु भएको हो । यस्तै दुई वटाको चोरी शिकारी, एक वटाको कारण नखुलेको तथा अन्य कारणले एकवटाको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।

एउटा गैंडाको उपचारक्को क्रममा मृत्‍यु भएको हो । मृत्‍यु भएका गैंडा मध्ये १८ वटा भाले हुन् । यस्तै १४ वटा पोथी तथा पाँच वटाको भने पहिचान नखुलेको निकुञ्जले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा निकुञ्जमा रहेका विभिन्न २०५ वटा जनावरको मृत्यु भएको थियो । यसमध्ये सबैभन्दा बढी चित्तल रहेका छन् । गत वर्ष ८६ वटा चित्तलको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...